प्रभु बैंकको साढे १७ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुल्ला
२ चैत्र २०७८, बुधबार १०:३८
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १७ लाख ६२ हजार ९२४ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको कम्पनीले आज एक सूचना जारी गरेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।