राष्ट्रिय बीमा कम्पनीको संचालकमा निर्मल ढकाल नियुक्त
२ चैत्र २०७८, बुधबार ०९:४४
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा निर्मल ढकाल नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३० गेत बसेको संचालक समितिको बैठकले अर्थमन्त्रालयका उपसचिव ढकाललाई संचालकमा नियुक्त गरेको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पत्रानुसार ढकालले अर्थ मन्त्रालयको तर्फबाट संचालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायबाट सो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।