जन्मदिनमा छोराद्वारा आमालाई बीमा पोलिसी उपहार

१ चैत्र २०७८, मंगलवार १८:२८

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न पा ( १५ निवासी , छोरा सरोज गुरुङले आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनको अबसरमा आई एम ई सरल सावधिक जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन् ।

। जन्मदिनमा केही रकम भएपनी आमाको लागि बचत र भविष्यमा हुने जोखिम हस्तान्तरणको लागि आमाको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएको छोरा सरोज गुरुङले बताए । यसरी उनले आई एम ई लाइफ बुटवलबाट आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनमा बीमा उपहार दिएर समाजमा सकारात्मक सन्देश दिएको कम्पनीले जनाएको छ।

विभिन्न पर्व ,उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको सरोज गुरुङले बताए ।

आइएमई सरल सावाधिक जीवन बीमा एक उत्कृष्ट बीमा योजना रहेको र यसले सानो सानो बचत बाट भविस्यमा आइपर्ने हरेक आर्थिक समस्यालाई समाधान गर्न सकिने तथा भविस्यमा जोखिम बहन समेत भइरहने भएकोले पनि यो बिमा निजका लागि उत्कृष्ट रहेकोले यो जीवन बीमा खरिद गरेको बिमितका छोरा सरोजको भनाइ रहेको छ ।

उक्त जन्मोत्सव कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , शाखा प्रमुख नारायण गौतम, किस्मत सापकोटा ,नमराज भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*