नेपाल टेलिकम सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१ चैत्र २०७८, मंगलवार १५:२२

काठमाडौं । मंगलबार नेप्से १७।१५ अकंले घटेको छ । साताको पहिलो दिन हरियाली छाएको नेप्सेमा हिजो भने प्रावधिक समस्या कारण करिब २ घण्टामा मात्र सुचारु हुदाँ नेप्सेमा झिनो सुधार आएको थियो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घट्दा कारोबार समेत ३ अर्ब ३६ करोड ४२ लाख २९ हजारमा सिमित भएको हो ।

मंगलबार नेप्से घट्दा नेपाल दुरसञ्चार कम्पनीले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ५।१३ प्रतिशतले घटेको हो ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ४।८६ प्रतिशत, सिंगटी हाइड्रा इर्नजिको ३।९१ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ३।४५ प्रतिशत, नारायणी डेभपमेन्टको ३।२७ प्रतिशत, शिवम् सिमेन्टको ३।२३ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको ३।१५ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*