इमर्जिङ पावरको शेयरमा सर्किट, यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१ चैत्र २०७८, मंगलवार १५:१२
काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.१५ अकंले घटेको छ । हिजो प्राविधिक समस्याका कारण १२ः५३ बजे बन्द भएको शेयर बजार झिनो सुधार देखिएकोमा आज भने घट्न पुगेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्से घट्दा कारोबार समेत ३ अर्बमा सिमित भएको छ । मंगलबार इमर्जिङ पावरको शेयरमा भने सर्किट लागेको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्सको ६.६४ प्रतिशत, सोल्टी होटेलको ६.५१ प्रतिशत, यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको ५.८१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ४.८७ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ४.७५ प्रतिशत र गोर्खास फाइनान्सको ४.६३ प्रतिशतले बढेको हो ।