अजोड इन्स्यारेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवासम्बन्धी सम्झौता

१ चैत्र २०७८, मंगलवार १४:०४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीबन बीमा सेवा उपलब्ध गराउन सहमति भएको हो ।

उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खड्का र संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् ।दुईपक्षबीच सहमति भएको उक्त कार्यक्रममा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयमा अन्तरक्रियासमेत भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यस सम्झौताबाट संघका सदस्यहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्न सक्ने बताए । साथै उद्योग व्यवसाय संचालन गर्दा हुन सक्ने क्षति तथा दुर्घटनाबाट राहत पाउनको लागि बीमा अपरिहार्य हुने विचार ब्यक्त गरे ।

साथै सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीले भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुसँग सहकार्य गर्न यस समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । छोटो समयमा नै उत्कृष्ट १०मा पर्न सक्षम अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो सेवामा कुनै कसर नछोडेको र भविष्यमा अझै सेवाको दायरालाई बृहत बनाउँदै लैजाने सिइओ खत्रीले बताए ।

उक्त कार्यक्रममा करिब ८० भन्दा बढी उद्यमी व्यवसायीलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*