गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत ३ गते सार्वजनिक बिदा रहेको हुदाँ चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा चैत १८ गतेका कास्की जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।
साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।