हिमालयन जनरल इन्स्योरेन्सका तत्कालिन सिईओ बज्राचार्यको बार्षिक तलब कति ?

१ चैत्र २०७८, मंगलवार १३:२४

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले कम्पनीको पूर्व सिईओ प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ स्वीकृत गरेको छ ।

उनले बाँकि कार्यकाल बाँकि रहनु अगावै कम्पनीबाट राजिनामा दिइसकेका छन् । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा विजय बहादुर शाहले कार्यभार सम्हाल्दै आईरहेका छन्। गत आर्थिक बर्षको तुलनामा उनको तलब भत्ता घटेको छ । गत बर्ष उनले ५७ लाख ८९ हजार रुपैयाँ बराबरको तलब भत्ता बुझेका थिए ।

कम्पनीले सिईओ ब्रजचार्यको परिवार सहितको स्वास्थ्य बीमा अन्तर्गतको ३४ हजार रुपैयाँको बीमा प्रस्तथाव पनि पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*