माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
१ चैत्र २०७८, मंगलवार १२:३३
काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६४ हजार १३१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थाले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।