नेको इन्स्यारेन्सको शेयरमूल्य समायोजन

१ चैत्र २०७८, मंगलवार ११:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्यारेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको अघिल्लो दिन कायम १ हजार २०० रुपैयााका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको शेयरमूल्य १ हजार ४३ रुपैयाँ कायम गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न नेको इन्स्यारेन्सले चैत ९ गते केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*