कालिका लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २५ हजार ३३० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठको १ हजार १३० कित्ता, मोति प्रसाद पौडेलको ५ हजार कित्ता, ज्ञानु कुमारी श्रेष्ठको ९ हजार ६ सय कित्ता, पार्वती कुमारी आचार्यको ४ हजार कित्ता, भोलानाथ शर्माको ४ हजार कित्ता र पुर्ण बहादुर मल्लको १ हजार ६ सय कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा १० कास्कीमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।