मानुषी लघुवित्तको संचालकमा सम्झना पोखरेल नियुक्त
१ चैत्र २०७८, मंगलवार १०:१३
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्झना पोखरेल नियुक्त भएकी छिन् ।
यसअघि कम्पनीको संचालक पदमा रहेकी प्रमिला आचार्य (रिजाल)ले फागुन १५ गते आफ्नो घरायसी कारण देखाई पदबाट राजिनामा दिएकोमा सो पदमा पोखरेल नियुक्त भएकी हुन् ।
सो अनुसार कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले उनको राजिनमा स्वीकृत गरी रिक्त पदमा संस्थाका संस्थापक शेयरधनी पोखरेललाई संचालक सदस्यमा नियुक्त गरेको हो ।