नेशनल लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्वाचित

१ चैत्र २०७८, मंगलवार ०९:४०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति निर्वाचित गरेको छ ।

कम्पनीको फागुन २९ गते सम्पन्न ३३औं वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ संचालक समिति गठन भएको हो ।

संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्नेमा पे्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे (अ.प्रा.) र कुशल मल्ली रहेका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने कुलदीप शरण सिंह र भवानी राणा गरी कुल ५ जना नयाँ संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*