ब्रोकर डेटा सेन्टरको समस्या आउँदा आजका लागि कारोबार बन्द, पौने १ बजेसम्म यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से झिनो अंकले बृद्धि भएर बन्द भएको छ । शेयर बजार खुलेको केही समयपछि टिएमएसमा समस्या आउँदा कारोबार १२ बजेर ५३ मिनेटमा नै बन्द गरिएको हो ।
नेप्सेमा ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस नचल्दा दिउसो १२ बजेर ५३ मिनेटसम्मको डाटाअनुसार नेप्से परिसूचक शुन्य दशमलव १५ अंकले बढेर बढ्न हुन पुगेको छ ।
सो समयभित्र नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपैयाँको कारोबार हुन पुगेको ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल लाइफ इन्स्यारेन्सको ६ करोड ६५ लाख १७ हजरा ३०८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ६ करोड १८ लाख, अपि पावर कम्पनीको ५ करोड ४५ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ७ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ९१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।