टिएमएसमा समस्या देखिएको कारण शेयर कारोबार समयावधि थपियो

३० फाल्गुन २०७८, सोमबार १५:०३

काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेप्सेले समय थप गर्ने भएको छ। लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका छन् ।

टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका छैनन् । नेप्सेका अनुसार १४ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि टिएमएस नचलेको नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीले बताएका छन् ।

‘ब्रोकरहरुको डाटा सेन्टरमा समस्या हो, टीएमएसमा होइन, १४ वटा ब्रोकरले डेटा सेन्टरमा रजिष्टर नगरेपछि यो समस्या भएको रहेछ, अब उनीहरु रिइस्टार्ट गर्दै हुनुहुन्छ, त्यसपछि समस्या समाधान हुनेछ, यस विषयमा नेप्सेका सीईओज्यूसहित प्राविधिक टिम छलफलमा हुनुहुन्छ,’ काकीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*