जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु
३० फाल्गुन २०७८, सोमबार ११:२०
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो ।
कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता गत शुक्रबार नेप्सेमा सूचीकृत भई आइतबारबाट कारोबारमा आउने भनिएकोमा प्री ओपनिङ सेसनमा शेयर म्याचिङ नहुँदा कारोबारमा आएको थिएन ।
सोपश्चात सोमबार कम्पनीको शेयर प्री ओपनिङ सेसनमा शेयर म्याचिङ भई कारोबारमा आएको छ । नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसादेखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ रेञ्ज प्रदान गरेकोमा ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो ।