सामलिङ पावरको साधारण सभा चैत २१ गते, शेयरधनीलाई छैन लाभांश

३० फाल्गुन २०७८, सोमबार १०:५९

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालन समितिको बैंठकले सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सो कारण यो वर्ष शेयरधनीको हात खाली रहने छ । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र यसका लागि कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*