युनाइटेड इन्स्योरेन्सको संचालकमा दीपक ओली नियुक्त
३० फाल्गुन २०७८, सोमबार १०:४३
काठमाडौं । युनाइटेड इन्स्यारेन्स लिमिटेडको संचालकमा दीपक ओली नियुक्त भएका छन् ।
यसअघि कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुप प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रेदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएकोमा फागुन २९ गते बसेको संचालक समितिको बैठकले सो स्थानमा ओलीलाई नियुक्त गरेको हो ।