साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?
३० फाल्गुन २०७८, सोमबार १०:३५
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५० प्रतिशत गरी कुल १०.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयधरनीहरुमा वितरण हुनेछ ।