नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
३० फाल्गुन २०७८, सोमबार १०:३३
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्नेछ ।
उक्त लाभांश पारितका लागि कम्पनीले २६ औं वार्षिक साधारण सभा चैत ९ गते केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ।