छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम बढाबढमार्फत बिक्री गरिने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त शेयर लिलाम बढाबढ मार्फत् बिmक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले ५९ हजार ८२७ कित्ता अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले चैत १ गतेदेखि फागुन ९ गतेसम्म उक्त अवतरित हकप्रदको लागि फागुन बोलपत्र पेश गर्न सक्नेछन् ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर वीरगंज, हेटौंडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घारोही दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।