जीवन बीमा कम्पनीहरुले साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने, कुन जिल्ला कसको भागमा (सूचिसहित)

२९ फाल्गुन २०७८, आईतवार १७:२८

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने गरी नयाँ निर्देशन जारी गरेको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई बीमा साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला नै तोकेर निर्देशन जारी गरेको हो ।

समितिले हाल संचालनमा रहेका जीवन बीमा चार÷चार वटा जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिएको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई कृषि बीमा गर्न छुटाछुटै जिल्लाहरु तोकिदिएको थियो ।

बीमा साक्षरता अभिवृद्धिका लागि समितिको मात्र नभई समग्र बीमा कम्पनीहरुको पनि दायित्व भएकोले जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेरै अनिवार्य रुपमा सचेतना फैलाउने गरी जिम्मेवारी दिएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले बीमापोष्टलाई बताएका छन् ।

बीमा साक्षरता कार्यक्रममा बीमा समितिको दायित्व मात्रै हो भन्ने भ्रम सिर्जना भएको कारण बीमा जनचेतनाको लागि जिल्ला तोकेर जिम्मेवारी दिएको उनले बताए । यसले स्थानीय निकायहरुसँग सहकार्य गर्दा बीमा सचेतना थप सहयोग मिल्ने समितिले विश्वास लिएको छ । स्थानीय निकायलाई बीमाको महत्व र फाइदाका बारेमा बुझाउन आवश्यक देखिएको समितिको रहेको छ । बीमा जनचेतनाको लागि उपत्यका बाहिर नजाने प्रवृतिलाई यसले थप मद्धत पुराउने निष्कर्ष बीमा समितिको छ ।

बीमा समितिले बीमा सचेतनाको लागि स्थानीय र प्रदेश सरकारसँग कार्यक्रममा सक्रिय हुँदै आईरहेको देखिन्छ । बाँकी रहेका जिल्लामा समेत कार्यक्रम संचालन गर्दै अघि बढ्ने योजना बीमा समितिको रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*