एकैदिन नबिल बैंकको चार नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंकले थप एकै दिन चार वटा शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको जरंखु, शंखमुल, ठैब र गोंगबुमा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो ।
जरंखु शाखाको बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, शंखमूल शाखाको बैंक संचालन मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा न १० अध्यक्ष रोहिनी क्षेष्ठ, ठैब शाखाको बैंकका संचालन शाखा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र गोंगबु शाखाको ठैब शाखा तथा बैंकका संचालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । बैंकले बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।
विगत ३७ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट सेवा दिदै आइरहेको बैंकले हाल देशभर १४१ वटा शाखा कार्यालय र १८७ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।