हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

३० फाल्गुन २०७८, सोमबार ०६:४७

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत कार्य सूचिमा रहेको छ ।

साथै सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*