नेप्सेमा उछाल आउँदा यी ११ कम्पनीका लगानीकर्ताले गुमाए

२९ फाल्गुन २०७८, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही दिनयता लगातार गिरावट आएको शेयरबजार आज आश्चर्यजनक रुपमा १०१ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उछाल आएसँगै कारोबार पनि बढ्न पुगेको छ ।

शेयरबजारमा सुधार देखिएसँगै बीमा कम्पनी लगायतका अन्य कम्पनीको शेयरहरुमा उच्च बृद्धि भएको छ । आज ६ कम्पनीको शेयरमा सर्किट लाग्दा केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीमा मेगा म्युचुअल फण्ड–१ रहेको छ । सो फण्डको इकाई आजव २.९३ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, ८.७५% प्राइम डिवेञ्चरको १.९९ प्रतिशत, कुमारी इक्विटी फण्डको १.५९ प्रतिशत, नबिल डिबेञ्चरको १.४९ प्रतिशत, १०.२५% सनराइज बैंकको डिवेञ्चरको १.०७ प्रतिशत, १०% सनराइज डिबेञ्चरको १.०४ प्रतिशत, अपि पावर कम्पनीको ०.५८ प्रतिशत, युनाइटेड इदि मार्दिको ०.४४ प्रतिशत, तेह्रथुम पावरको ०.३० प्रतिशत, एनआइबिएल समृद्धि फण्डको ०.११ प्रतिशत र आइसिएफसि फाइनान्सको ०.०६ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*