रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

२९ फाल्गुन २०७८, आईतवार १४:५७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्र्तगत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रौतहट र दोलखामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

महालक्ष्मी लाइफले फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सो कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । कलेजका प्रधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीमा क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कम्पनीका गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्बन्धी कार्यक्रम नियमित सम्पन्न गर्नुपर्ने सुभाव दिएका थिए ।

त्यस्तै, महालक्ष्मी लाइफले फागुन २८ गते दोलखाको चरिकोटमा पनि बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले होटल पानारोमामा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका एजेन्सी प्रमुख सीताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

कम्पनीका एजेन्सि प्रमुख धिमाल र वागमती प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोक श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईले प्रकाश पारेका थिए ।

बीमा समितिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा, रौतहट, गुल्मी र ललितपुर जिल्ला दिएपछि सोही अन्तर्गत रौतहट र दोलखामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*