आठ वर्षदेखि युक्रेनमा शान्ति कायम गर्ने रसियाली प्रयत्न असफल हुँदा सैन्य कारवाही

२९ फाल्गुन २०७८, आईतवार १२:१४

काठमाडौं । युक्रेनमा रसियाले विगत आठ वर्षदेखि शान्ति कायम गर्न गरेको प्रयत्न असफल हुँदा अन्ततः भिषण युद्धमा परिणत भएको छ । रसियाली सेनाहरु जमिन र आकाशबाट एकैसाथ युक्रेनमा शान्ति कायम गर्न खटिरहेका छन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई कब्जा गर्नु नभई निशस्त्रीकरणका लागि सेना परिचालन गरिएको जनाएका छन् । पश्चिम देशहरु तथा अमेरिकाका ब्याकिङमा अघि बढेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले स्थानीय जनतालाई हतियार बाढेर मानव ढाल बनाएका कारण रसियाली सेनाहरुले केही क्षति व्यहोर्नु परिरहेको छ ।

युक्रेन सम्बन्धमा काठमाडौंस्थित रसियाली दुताबासले युक्रेन सिचुएशन सम्बन्धी नोट जारी गर्दै युक्रेनमा शान्ति कायम गर्ने आठ वर्षदेखिको आफ्नो प्रयास असफल भएको भन्दै अब निशिस्त्रीकरणको विधिमार्फत शान्ति कायम गरिने जनाएको छ ।
पढौं रुसी राजदुताबासको भनाई:-

युक्रेन वर्तमान स्थितिको मुद्दाबारे।

सन् २०१४ मा, युक्रेनमा घटित एक कूको परिणाम स्वरुप नव-नाजीहरू सत्तामा आए। देशको बहुसंख्यक जनसंख्याप्रतिको शत्रुतापूर्ण, फासिस्ट राष्ट्रवादले जनताहरुलाई, अझ त्यसमा पनि (अधिकांश रूसी बोल्नेहरूलाई) स्वायत्तता र स्वतन्त्रताको आन्दोलनमा धकेल्यो।

युक्रेनको डोनेट्स्क र लुगान्स्क क्षेत्रका करिब ४० लाख रुसी बासिन्दाले आफ्नो क्षेत्रका लागि विशेष दर्जाको माग गर्दै युक्रेनको हिस्साका रुपमा रहन चाहेनन्। जनमत संग्रहको परिणाम स्वरूप, ८९% जनसंख्याले डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रको स्वतन्त्रताको पक्षमा मतदान गरे। युक्रेनको नयाँ केन्द्रीय सरकारले, जसमा नव-नाजीहरू समावेश थिए, समान जनमतसंग्रहको नतिजालाई मान्यता दिन अस्वीकार गर्यो र सन् २०१४ मा बालबालिका, महिला र वृद्धहरू सहित नागरिक आबादी विरुद्ध पूर्ण-स्तरीय सैन्य कारबाही सुरु गर्यो। आठ वर्षदेखि रुसले कूटनीतिक माध्यमबाट नागरिकहरू विरुद्ध युक्रेनको सशस्त्र सेनाको युद्ध रोक्न सक्रिय रूपमा प्रयास गरिरहेको छ, अन्य राज्यहरूलाई शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न मद्दत गर्न आह्वान गरेको छ। तर “लोकतन्त्रका लागि परिचित लडाकुहरू” को मुख्य प्राथमिकता नागरिक आबादीलाई मद्दत गर्नु र निर्दोष मानिसहरूको दैनिक दुर्व्यवहार र हत्या रोक्न होइन, उनीहरूको आफ्नै प्रभाव विस्तार गर्नु र रूसको विकासलाई रोक्नु थियो। रसियाले डोनबासका बालबालिकालाई बचाउन, मानवीय सहायता पु¥याउन र यस समस्यातर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन आफ्नो सम्पूर्ण शक्तिले प्रयास गरिरहेको बेला युक्रेनमा नव-नाजी समूहहरूलाई सशस्त्र बनाइएको थियो, रुसी भाषामाथि प्रतिबन्ध लगाइएको थियो र आणविक हतियार बनाउने कामहरुमा लागिपरेको थियो। कीभले खुला रूपमा आणविक र ब्याक्टेरियोलोजिकल विधिहरू ब्ल्याकमेलको रुपमा प्रयोग गर्दै, एउटा आणविक उर्जा संयन्त्रलाई नै विस्फोट गराउने धम्की दिइरहेको छ। यसबाहेक, भर्खरै यो पनि ज्ञात हुन आएको छ कि, ३० जैविक प्रयोगशालाहरू र घातक हतियारहरूको निर्माणको लागि अनुसन्धान सुविधाहरू खोलिएका र युक्रेनको इलाकामा सञ्चालन भईरहेका छन् भन्ने बारे। यो तथ्यलाई भर्खरै अमेरिकी सिनेटमा सुनुवाईको क्रममा राजनीतिक मामिलाका लागि अमेरिकी उप विदेश सचिव भिक्टोरिया नुल्यान्डद्वारा आधिकारिक रूपमा मान्यता दिइएको थियो। त्यतिखेरै, उनले संचालित कामहरुको सामग्री रसियाको हात लाग्न सक्ने र सबै गोप्यता भंग हुनसक्ने खतराबारे घोषणा गरेकि थिइन्, स्पष्ट रूपमा तथाकथित “वैज्ञानिक अनुसन्धान” को वास्तविक लक्ष्यहरूको खुलासा हुने डरले उनले त्यस्तो घोषणा गरेकी हुन्। विश्वका विभिन्न क्षेत्रहरूमा, पेन्टागन द्वारा आर्थिक व्यय बहन गरिंदै पोषित अन्य ३३६ समान प्रकृतिका प्रयोगशालाहरूमा कार्य चलिरहेको अवस्था छ। र अमेरिकीहरूले यो मानव-विरोधी परियोजनाको निरीक्षण गरिरहेका छन्।यो तथ्यलाई भर्खरै अमेरिकी सिनेटमा सुनुवाईको क्रममा राजनीतिक मामिलाका लागि अमेरिकी उप विदेश सचिव भिक्टोरिया नुल्यान्डद्वारा आधिकारिक रूपमा मान्यता दिइएको थियो। त्यतिखेरै, उनले संचालित कामहरुको सामग्री रसियाको हात लाग्न सक्ने र सबै गोप्यता भंग हुनसक्ने खतराबारे घोषणा गरेकि थिइन्, स्पष्ट रूपमा तथाकथित “वैज्ञानिक अनुसन्धान” को वास्तविक लक्ष्यहरूको खुलासा हुने डरले उनले त्यस्तो घोषणा गरेकी हुन्। विश्वका विभिन्न क्षेत्रहरूमा, पेन्टागन द्वारा आर्थिक व्यय बहन गरिंदै पोषित अन्य ३३६ समान प्रकृतिका प्रयोगशालाहरूमा कार्य चलिरहेको अवस्था छ।

शत्रुताको लामो वर्षहरूमा, दुर्भाग्यवश, युक्रेनले अन्तर्राष्ट्रिय कानूनको मात्र होइन, मानव जीवनको लागि पनि पूर्ण अनादर देखाएको छ। रुसी भाषा बोल्ने नागरिकहरूमाथि युक्रेनी दुर्व्यवहारको पूरा आठ वर्षपछि रूससँग अर्को विकल्प नभएको हुँदा, आधुनिक युक्रेनको नव-नाजी सरकारको क्रूर र अनुचित नीतिहरूबाट नागरिकहरुलाई जोगाउन विशेष अभियान सुरु गर्न बाध्य भयो। रूसी संघको सशस्त्र बलहरूलाई कुनै पनि बहानामा नागरिक आबादीमा गोली नचलाउने आदेश दिइएको छ र उनीहरु व्यवस्थित रूपमा प्रिसाइज हतियारहरूको प्रयोग गरेर सैन्य सुविधाहरूलाई नष्ट गर्दैछन्।

यस विशेष अपरेशनको सुरुदेखि नै, रूसले युक्रेनका नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मानवीय कोरिडोरहरू उपलब्ध गराउँदै आएको छ। भारत, चीन, जोर्डन, ट्युनिसिया, पाकिस्तान, टर्की, नेपाल र अन्य देशका नागरिक लगायतका जोखिमयुक्त क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारणलाई विस्थापित गरिएको थियो । युक्रेनी लडाकुहरूले अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको ज्ञात रणनीति प्रयोग गरेर,
५ मिलियन भन्दा बढी युक्रेनीहरू र लगभग २००० विदेशीहरूलाई “मानव ढाल” को रूपमा बन्धक बनाएर लडाई क्षेत्र छोड्नबाट रोक लगाइरहेका छन्। रसियाले युक्रेनको इलाकामा करिब ४५० टन मानवीय सहायता पुर्याइसकेको अवस्थामा, पश्चिमी “लोकतान्त्रिक” देशहरूले नव-नाजीहरूलाई घातक हतियारहरू सुम्पंदै उनीहरुलाई उक्साउने कार्य जारी राखेका छन्, जसले गर्दा द्वन्द्वको अवधि जतीसक्दो लम्बियोस्। युक्रेनी अधिकारीहरूको कार्यवाहीले पहिले नै धेरै निर्दोष नागरिकहरु हताहत भैसकेका छन्।

विश्वका सबैभन्दा ठूला मिडियाहरुद्वारा समर्थित युक्रेनले रुस विरुद्ध अभूतपूर्व रुपमा फोहोरी “सूचना युद्ध” लडिरहेको छ भन्ने तथ्यलाई पनि हामी निक्कै गम्भीर र महत्त्वपूर्ण ठान्छौं। हाम्रो देशले नगरेका कार्यहरुलाई लिएर विभिन्न आरोपहरु लगाइएको छ, नक्कली सामाग्रीहरु सम्प्रेषण गर्दै, आफ्ना सूचना आक्रमणहरूलाई बलियो बनाउँदै सबै रूसीहरूप्रति घृणा जगाउने कार्यहरु गरिंदैछ। तर रूसी जनतालाई सत्य थाहा छ। “प्रसिद्ध लोकतन्त्र” ले शताब्दीयौंदेखि एक देशलाई घृणा गर्ने गरेको छ, जहाँ सधैं रूसीहरू युक्रेनीहरू सहित सबैसँग मिलेर बस्दै आईरहेका थिए। तिनीहरूले हामीलाई विभाजित गरे, र अब तिनीहरूले युक्रेनमा द्वन्द्व भड्काएका छन्, यसका लागि रुसलाई दोष दिएका छन्। तर चाँडै संसारले सत्य थाहा पाउनेछ, जब आधुनिक नाजीहरू अदालतको कठघरामा खडा गराइनेछन्, र तिनीहरूद्वारा गरिएका आफ्नै देशका मानिसहरूको नरसंहारको सबै डरलाग्दा कुराहरू प्रकट हुनेछन्। र त्यसपछि “शान्तिप्रेमी र सहिष्णु” देखिन खप्पिस पश्चिम, आजको झूटको लागि लज्जित हुनेछ।

यसमा विशेष जोड दिन आवश्यक छ र यो धेरै महत्त्वपूर्ण पनि छ कि युक्रेनमा रूसी नागरिकहरुका धेरै आफन्तहरु, साथीहरु र परिचितहरु छन्। रुसले युक्रेनी जनतालाई सम्मान गर्छ र युक्रेनको भूभाग कब्जा गर्ने लक्ष्य राख्दैन। नाजीवादको दुष्ट विचारधारा, जसले एक राष्ट्रमाथि अर्को राष्ट्रको श्रेष्ठतालाई उचित ठहर्याउँछ, त्यसलाई समाप्त गर्नु या नै नाजीवाद (डिनाजिफिकेशन) को विनाश र युक्रेनी नागरिकहरूको लोकतान्त्रिक छनोटको संरक्षणको सुनिश्चितता कायम गर्नु रूसका लागि शीर्ष प्राथमिकताहरू हुन्। संसारभरि न्यायको रक्षक बनेर अघि बढ्दै गरेको रूसी संघले यो विशेष सैन्य अपरेशन सुरु नगर्न सम्भव भएन, किनभने यो नै अन्तिम आवश्यक उपाय बचेको थियो, माथि उल्लेख गरिएका सामूहिक विनाशका हतियारहरू प्रयोग गरेर भयानक फासिस्ट आकांक्षाहरूको कार्यान्वयन रोक्नको लागि, जुन रूस विरुद्ध मात्र नभई सम्पूर्ण मानव जाति विरुद्द हो।

यसको इलेक्ट्रोनिक संस्करण दूतावासको इन्टरनेट स्रोतहरूमा उपलब्ध छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*