बीमा समिति र खराव अर्थतन्त्रको कोपभाजनमा पर्यो जीवन बीमा क्षेत्र, दीर्घकालिन असर पर्ने चिन्ता

२९ फाल्गुन २०७८, आईतवार १०:४३

काठमाडौं । बीमा समितिले दीर्घकालिन योजना बनाउनुको सट्टा बीमा अभिकर्तामाथि प्रहार गरेका तथा देशको खराव अर्थतन्त्रको चेपटामा जीवन बीमा व्यवसायले गम्भिर अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।

बीमा समितिले जीवन बीमाका मेरुदण्ड बीमा अभिकर्ताको मनोबल गिराउने, हतोत्साहित बनाउने गरी अघि सारेका विभिन्न नीतिका कारण जीवन बीमा क्षेत्रमा उत्साह भरिन नसकेको बीमा अभिकर्ताहरुले गुनासो गरेका छन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा अभिकर्ताहरुले जीवन बीमा अभिकर्ताहरुले बीमा समितिको गलत नीतिका कारण उत्साहित हुन नसकेको बताउँछन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका सचिव ऋषिराम भुषाल बीमा समितिको गलत नीतिका कारण बीमा अभिकर्ताहरु उत्साहित हुन नसकको दोषारोपण गर्दछन् । उनले भने, ‘कर्मचारीले नियुक्त हुने वित्तिकै ऋण पाउने, बीमा अभिकर्ताले दशौं वर्ष एउटै कम्पनीमा काम गर्दा ऋण लिन किन नपाउने ?’ उनले बीमा समितिले अघि सारेको संस्थागत बीमा अभिकर्ताको लाईसेन्सको डण्डाले बीमा अभिकर्ताहरु पेशा संकटमा पर्नसक्ने भयले विस्थापित हुन थालेको दावी गरेका छन् ।

बीमा समितिले अघि सारेको मुख्य दुई नीति ऋण बन्द गर्ने निर्णय र संस्थागत बीमा अभिकर्ताको लाईसेन्स वितरण सम्बन्धी निर्णय तत्काल फिर्ता लिनुपर्ने बताउँछन् । त्यस्तै, अभिकर्ताका नेता भुषालले बीमा समिति बीमितले पाउने बोनस बोनस अधिकतम् बनाउने कार्यमा चुकेको बताउँदै जीवन बीमाको दीगो विकासमा बीमा समितिको ध्यान जानुपर्ने सुझाव दिन्छन् ।

जीवन बीमा क्षेत्रमा बीमा समितिको भूमिका बाहेक देशको आर्थिक समस्याको कारण पनि गम्भिर समस्या आउने देखिएको छ । बैंकमा उत्पन्न भएको तरलता अभावका कारण बैंकिङ प्रणालीमा आएको समस्या, बैंकले ऋण प्रवाह रोकेका कारण आर्थिक गतिविधि सुस्ताउन पुगेको छ । जसका कारण जीवन बीमा क्षेत्र समेत प्रभावित भएको छ । बैंकले ऋण रोकेका कारण देशैभरिको आर्थिक गतिविधि सुस्ताउन पुगेको छ । आर्थिक गतिविधि सुस्ताउँदा सर्वसाधारणको आम्दानी घट्न पुगेको र यसले समग्र अर्थतन्त्र प्रभावित भएको छ ।

यतिबेला सिंगो अर्थतन्त्र प्रभावित भएकोले पनि जीवन बीमा क्षेत्रमा समस्या परेको देखिएको छ । पछिल्ला दिनहरुमा जीवन बीमा क्षेत्रमा नयाँ बीमा पोलिसी प्रभावित भएका छन् भने नविकरण बीमा शुल्क आम्दानी समेत प्रभावित हुने देखिएको छ । एकातिर अर्थतन्त्रमा सुस्तता अर्कोतिर नियामक निकायको नीतिले बीमा अभिकर्ताहरुको निरुत्साहित हुँदा जीवन बीमा क्षेत्रमा दीर्घकालिन असर पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

One thought on “बीमा समिति र खराव अर्थतन्त्रको कोपभाजनमा पर्यो जीवन बीमा क्षेत्र, दीर्घकालिन असर पर्ने चिन्ता

  1. रामहरि खतिवडा says:

    बिमा समिति बिकेको छ, कम्पनि र समितिको मिलेमतो मा बोनस तय हूने रहेछ, माथिल्ला कर्मचारिका फ्रेण्ड र आफन्तालाइ तलब खूलाउने थलो मात्रै बन्दैछ बिमा कम्पनिहरू

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*