जाल्पा सामुदायिक र राष्ट्र उत्थान लघुवित्तको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै

२९ फाल्गुन २०७८, आईतवार १०:२१

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता नेप्सेमा सूचीकरण गराई आजदेखि सो शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्यूनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ रेञ्ज प्रदान गर्नेछ ।

त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर फागुन २६ गते बिहिबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २६ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणहरुलाई निष्काशन गरेको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गराई आजदेखि सो शेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले सो लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही मूल्यका आधारमा आजदेखि दुई लघुवित्तको शेयर कारोबारमा आउनेछ । लगानीकर्ताले उक्त कम्पनीहरुको शेयर आजदेखि खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*