नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा आइतबार (फागुन २९ गते) बस्दैछ । सभा नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेका लागि बोलाएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पारित र सभामा भाग लिन पाउनेछन् ।