बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्रि गर्ने बैंकरको क्षतिपूर्ती बीमालेखका यस्ता छन् बिशेषताहरु

दिपक विष्ट
२८ फाल्गुन २०७८, शनिबार ०६:०६

काठमाडौं । बीमालेखमा उल्लेख गरिएको बीमाको शर्त, शन्देज, ब्यवस्था, अपवाद, सम्पुष्टि तथा अन्य बिषयको अधीनमा रही बीमकले बीमितलाई अनसूचीमा उल्लेखित कुनै धन द्रब्य वा धितोको रुपमा राखिएको सुरक्षणको अनुसूचीमा उल्लेखित बीमा गरिएको समयावधि भित्र वा नबीकरण भै कायम रहेको बीमा अवधि भित्र भएको कुनै प्रत्यक्ष हानी नोक्सानी वा क्षति उल्लेखित समयावधि भित्र पत्ता लागेमा यस बैंकरको क्षतिपूर्ति बीमालेख अनुसार सोको क्षतिपूर्ति दिन्छ ।

१.परिभाषा

(क) धनद्रब्य

यस बीमालेखमा प्रयोग गरिएको धनद्रब्य शब्दले बैंक नोट (हस्ताक्षर भएको वा नभएको मद्रांकित पक्का कागज) सुनचाँदीका सिक्क, मुद्रा, सुनचाँदीको लाप्सा, गरगहना, जवाहरात, ढाचा नमारिएको हुलाक तथा राजस्व टिकट हो ।

(ख) सुरक्षण
यस बीमालेखमा प्रयोग गरिएको सुरक्षण भन्नाले स्वीकृत हवाई प्रेषण पत्र, बैंक धनादेश, विनिमय पत्र, बिल्टी वा मालपत्र, निक्षेपको प्रमाणपत्र, शेयर स्टकको प्रमाणपत्र, चेक, कुपन, डिबेञ्चर, डिमान्ड हुण्डि, एक्प्रेस हुलाक आदेश, बीमितले जारी गरेको मुद्दति निक्षेप पुर्जा, लरी पुर्जा, लरी टिकट, हुलाक रसिद, प्रतिज्ञापन पत्र, रेल्वे रसिद, टाइम ड्राफ्ट, गोदाम रसिद, मेल ट्रान्फफर, यात्रु चेक, ड्राफ्ट तथा विनिमय गर्न सकिने अन्य सम्पूर्ण लिखत तथा निस्साहरुले विनिमय गरेको भए ति अनभिज्ञ धारक बिरुद्ध त्यस सम्बन्धमा दाबी उजुरी गर्न सकिने थिएन ।

(ग) कर्मचारी वा कामदार

यस बीमालेखमा प्रयोग गरिएको कर्मचारी वा कामदार भन्नाले बैंकका सम्पूर्ण कार्यालयहरुका स्थायी वा अस्थायी पूर्णकालीन वा आंशीक करार, ज्यालादारी वा तालिमे वा आउट सोर्सिङ गरी काममा लगाइएका वा अन्य शर्तमा बहाल रहेका बैंकको पेरोल वा तलबी खातामा नाम रहेका सम्पूर्ण कर्मचारी वा कामदार (अधिकृत, सहायक वा तल्लो तहका कार्यालय सहयोग वा कामदार वा कारिन्दा) तथा सिकारु हुन ।

२. रक्षावरण

बैंकरको क्षतिपूर्ति बीमालेख अनुसार रक्षावरण भन्नाले बीमकले देहायका अवस्थाहरुमा देहायका जोखिमहरुबाट भएको हानी नोक्सानी वा क्षतिको क्षतिपूर्ति वा हर्जाना प्रदान गर्नेछ ।

(क) परिसरमा रहेको
बीमित जिम्मेवार रहेको वा निजको हित निहित रहेको वा बीमितको आफ्नो जिम्मामा राख्न कबुल गरेको र बीमाको अवधिभर जुनसुकै समयमा बीमितको आफ्नो परिसरमा (बीमितको घुम्ति कार्यालय, शाखा रहित कार्यालय र एटिएममा रहेका समेत) वा सो भित्र वा निक्षेपको कुनै सुरक्षित स्थानमा रहेको वा बीमितको बैंकरको परिसरमा रहेको वा ब्यवसायको स्वभाविक काम वा कामको सिलसिलामा साटफेर, सटही, विनिमय गर्न वा रजिष्टे«सन गराउनको लागि निर्माणकर्ता वा बिक्रेताकहाँ तिनिहरुको कुनै प्रतिनिधि कहाँ वा तिनीहरुको साटफेर, सटही, विनीमय वा रजिष्ट्रेसनको कार्य गर्ने वा सो को प्रबन्ध मिलाउने काममा लगाइएको कुनै ब्यक्तिकहाँ वा संस्थामा राखिएको वा जम्मा गरिएको कुनै धनद्रब्य वा धितोको रुपमा लिइएको सुरक्षण बीमितको कर्मचारी वा कामदार वा अन्य जुनसुकै ब्यक्तिले गरेका आगलागी, चोरी, डकैती वा प्रतिरोधको कारणबाट नासिए क्षतिग्रस्त भए वा नष्ट हुन गएमा

(ख) पारबहनमा रहेको
बीमितको कर्मचारी वा कामदारको हेलचक्याई वा धोखापूर्ण कार्य वा अन्य कुनै कारणबाट त्यस्तो कर्मचारी वा कामदारको साथ लगाएर पारवहन भइरहेको अवस्थामा कुनै धनद्रब्य वा धितो स्वरुप लिइएको सुरक्षण नष्ट भए हराएमो अबस्थामा

(ग) जालसाजी वा हेरफेर
काउन्टरमा बुझेको वा क्लियरिङ वा हुलाकबाट प्राप्त भएको नक्कली, काल्पनिक, जाली वा बनाएको चेक वा ड्राफ्ट, बीमितले जारी गरेको बास्तविक चेक वा यात्रु चेक वा दान उपहार दिएको चेक मुद्दति निक्षेपको पूर्जामा जालसाजी रुपमा दरपिठ भएको वा त्यस्ता लिखत निस्साहरुमा विश्वास गरी भूक्तानी गरिएको अवस्थामा

३. क्षतिपूर्तिको सीमा
क्षतिपूर्तिको सीमा अन्तर्गत बीमितको कुनै कर्मचारी वा कामदारले एकल वा अन्य कर्मचारी वा कामदारसँग मिलि संयुक्त रुपमा बीमितलाई हानी नोक्सानी हुने कुनै काम वा कामहरु गरेको वा नगरेको अवस्थामा एक बीमा अवधिभित्र एकल कार्य गरे नगरेको पटक पटक कार्य गरे वा नगरेको कारणबाट हुने गएको हानी नोक्सानको सम्बन्धमा बीमा गरिएको रकम बीमांकमा नबढ्ने गरी क्षति वा हानी नोक्सानी भइएको रहक क्षतिपूर्ति देहाय भन्दा बढी हुने छैन ।

४. प्रतिबन्धात्मक ब्यवस्थाहरु

(क) बीमितले ब्यहोर्नु पर्ने पहिलो अधिक रकम

रक्षावरणको खण्ड क मा उल्लेखित हरेक घटना र ग मा उल्लेखित कार्य तथा घटनाहरु मध्ये हरेक घटनाबाट उत्पन्न हानी नोक्सानीलाई भिन्नै हानी नोक्सानीको रुपमा लिनेछ । बीमक ले सुरुमै त्यस्तो रकम वा नोक्सानी बापत भूक्तानी गरेको रहेछ भने बीमितले त्यस्तो अधिक रकम बीमकलाई फिर्ता गर्नु पर्नेछ ।

(ख) पुनस्र्थापना

यो बीमालेखको अवधिभर बीमा सुरक्षण बीमा गरिएको भिन्ना भिन्न रकमको अधिकतम सीमासम्म कायम राखिनेछ र सोही कुरालाई आधार मानी प्रस्तुत बीमालेख अन्तर्गत कुनै हानी नोक्सानीको अन्तिम छिनोफानो भै सकेपछि बाँकी बहाल अवधिको लागि बीमितले समानुपातिक बीमाशुल्क रकम बीमकलाई भूक्तानी दाबी रकमले कम हुन आएको बीमांक रकम पहिलेको सीमासम्म हुने बीमकलाई बाँकी अवधिको लागि थप बीमा शुल्क भुक्तानी गर्नु पर्नेछ ।

५. बीमालेखले नसमेट्ने अवस्थाहरु

यस बीमालेख अन्तगर्त नसमेट्ने भुकम्प, ज्यावामुखी वा भूमिगत आगलागी वा अरु कुनै प्राकृतिक प्रकोप, बाढी, जलगग्नन, आधीबेहरी, युद्ध, विलेही शत्रुको कारबाही, सैनिक बिद्रोह, शक्ती अपहरण जस्ता घटनाहरुको कारणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपपमा हुने गएको कुनै हानी नोक्सानी समेटीदैन ।

साथै बीमितको तलबी कर्मचारी वा कामदार बाहेक संचालक वा साझेदाहरुबाट हुने गएको गत कार्य, हानी नोक्सानी हुन भन्दा अगावै बीमितबाट सांकेतिक वा न्यूनतम मूल्य र बिवरण सुनिश्चित नगरिएका बीमितको जिम्मामा राखिएका कुनै धनद्रब्य पनि बीमालेखमा समेटिदैन । त्यस्तै, बीमितले आफनै वा निजले अरु कुनै ब्यक्तिसँग करार सेवाको आधारमा वा अन्य कुनै तवरबाट हक हिस्सा राखेको कुनै कम्प्युटरबाट गलत कम्प्युटर प्रोगाम वा कर्मचारी धोखापूर्ण प्रयोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उत्पन्न हानी नोक्सानी पनि बीमालेखमा समेटिदैन ।

६. शर्तहरु

बीमालेखका शर्तहरु सूचना वा पत्र ब्यवहार बीमकको कार्यालयमा लिखित रुपमा दिनु वा गर्नु पर्ने, सम्पत्ति वा सो सम्पत्ति रहेको कुनै भवन वा स्थानको बारेमा बीमितले आफुलार्ए जानकारी भएकाो बिषयमा मूलभूत विवरण दिँदा झुठ्ठा विवरण दिएमा जा जोखि विश्लेष गर्नको लागि आवश्यक गर्ने बास्तविकता लुकाई झुठ्ठा कुमार उल्लेख गरेमा वा बास्तबिकताको उल्लेख गर्दा कुनै बस्तुगत तथ्य छुट हुन गएमा वा यदि कुनै जालसाजीबाट हानी नोक्सानी हुन गएमा यस बीमालेख अन्र्तगत दाबी भूक्तानी हुनेछैन ।

साथै, बीमितले बीमा गरिएको सम्पत्तिलाई कुनै दुर्घटना, हानी नोक्सानी वा क्षतिबाट बचाउनको लागि पर्याप्त सावधानी अपनाउनु गर्दछ, बीमितको लेखा तथा अन्य से्रस्ताहरु प्रत्येक वर्ष रजिष्टर्ड लेखापरीक्षण गराउनु र सबै बीमा गरिएको सम्पत्ति राखिएको परिसरको सबै झ्यालढोका तथा अन्य निकासहरु मजबुत राख्न तथा परिसर सुरक्षणको लागि समेत सम्पूर्ण मनासिव अपनाउनु गर्नेछ ।

बीमकले बीमितको अन्तिम ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको पन्ध्र दिनको सूचनाद्धारा यो बीमालेख खारेज गर्ने सक्नेछ र यस अवस्थामा बीमकले बीमितलाइए यो बीमालेख खारेज भएको मितिले बाँकी अवधिको समानुपातिक बीमाशुल्क फिर्ता गर्नेछ ।

बीमितले बीमकलाई प्रन्ध दिनको सूचना दिई बीमालेख रद्द गर्न सक्नेछ । यस अवस्थामा बीमालेख कायम रहेको अवधिको निमित्त देहाय बमोजिमको छोटो अवधिको दरले हुने आउने बीमाशुल्क रकम कट्टी गरी बाँकी बीमाशुल्क बीमकले फिर्ता गर्नेछ । बीमितलाई कुनै हानी नोक्सानी पुगेको खण्डमा बीमकले चाहेको बखत बीमकको प्रतिनिधिले यस्तो हानी नोक्सानीको परिस्थितिको अध्ययन, परीक्षण गर्न पाउने छ र बीमकले माग गरेपछि बीमितले आफुसँग वा आफ्नो जिम्मामा रहेको सो हानी नोक्सानी क्षतितसँग सम्बन्धित वा सोसँग सम्बन्धित हुने सक्ने टिपोटहरु भएका सबै से्रस्ता हिसाब किताब विवरण पूर्जा वा निस्सा र कागजातहरु पेश गर्नु पर्नेछ ।

पुनः प्राप्त गर्ने अधिकार, प्रत्यासन, योगदान, जालसाजी मध्यस्थत, पालना गर्नु पर्ने र दाबी सम्बन्धी कार्यविधि जस्ता बीमालेखको शर्त भित्र समेटिन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*