बीमा समितिद्धारा किवी र ड्रागन फलको नयाँ बीमालेख जारी

२७ फाल्गुन २०७८, शुक्रबार १५:००

काठमाडौं । बीमा समितिले दुई नयाँ बीमालेख जारी गरेको छ। कृषकहरुको मागलाई सम्बोधन गर्दै आज किवी र ड्रागन फलको बीमालेख जारी गरेको हो ।

समितिले बोटको संख्याको आधारमा प्रतिबोटको लागत मूल्य तोक्ने हिसाबले सो बीमालेख जारी गरेको हो । त्यस्तै, उक्त खेतीको बीमाशुल्क बोटका लागत मूल्य तथा बीमा रकमको पाँच प्रतिशत तोकिएको छ ।

उक्त बीमामा सरकारले अनुदान समेत दिने बीमा समितिले जनाएको छ ।बीमा समितिले कृषि बीमाको माग र आवश्यकता अनुसार बीमालेखको मोडेल तयार गर्छ भने सोही अनुसार बीमा कम्पनीले पनि आफ्ना प्रोडक्ट बनाउने तथा बीमितलाई सहभागी गराई व्यवसायमा संलग्न गराई बीमाको दायरा बढाउने काम गर्छन् ।

किवी खेतीको बीमालेख अन्तर्गत मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ । यस बीमालेख अन्तर्गत दुई लाख रुपैयाँसम्मको दुर्घटना बीमाको पनि सुविधा प्रदान गर्न सकिनेछ ।

ड्रागन फलको बीमालेखले पनि अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोगको भरपाई गर्नेछ ।

 

 

One thought on “बीमा समितिद्धारा किवी र ड्रागन फलको नयाँ बीमालेख जारी

  1. भिमकान्त डाङ्गि says:

    किबिको र ड्रागन को बिमा गरदा कति बोट्को आबस्यकता पर्दछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*