शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा, चालु खाता कतिले घट्यो ?
काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशन गरेको सात महिनाको तथ्याङ्कमा चालु खाता रु.४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.१०४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई रु.६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगतट्रान्सफर रु.७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब २ करोड रहेको थियो ।
समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषवाट रु.१३.०८ अर्ब (अमेरिकी डलर ११०.४२ मिलियन) एक्स्टेन्डेड क्रेडिटफसिलिटी प्राप्त भएको छ ।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमाशोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।