नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
२७ फाल्गुन २०७८, शुक्रबार १३:४३
काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता शेयरसूचीकृत भएको हो ।कम्पनीले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा आइतबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
यस्तै नेप्सेले लघुवित्तको शेयरलाई जेएएलपीए ) कारोबार संकेत प्रदान गरेको छ ।