नेपाल बैंक र चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
२७ फाल्गुन २०७८, शुक्रबार १२:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट प्राप्त गर्ने सक्नेछन् ।
उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरे । समझदारी पश्चात बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने ब्यवस्था गरेको छ ।