पोखरा फाइनान्सद्धारा दुई संचालक नियुक्त
२७ फाल्गुन २०७८, शुक्रबार १०:००
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने एकजना र अर्को स्वतन्त्र संचालक नियुक्त गरेको हो ।
कम्पनीको फागुन २६ गते बसेको संचालक समितिको बैठकले कास्की पोखरा–१६ निवासी डा. दीर्घमान गुरुङलाई सोही मितिदेखि लागू हुनेगरी रिक्त संचालक पदमा बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।
त्यस्तै, सोही बैठकले स्याङ्जा जिल्ला पुतलीबजार न.पा.८ निवासी प्रकाश गुरुङलाई सोही मितिदेखि नै लागू हुनेगरी स्वतन्त्र संचालकमा आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।