साँखुमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

२७ फाल्गुन २०७८, शुक्रबार ०९:३९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साँखु जेसिसको सहकार्यमा साँखुमा कार्यक्रम सम्पन्न गरेको हो ।

एक बिशेष समारोहकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

“शासन ब्यक्तिको होइन बिधिको हुनुपर्छ” भन्ने शुभ भावनाका साथ समाजसेवी कर्म गरिरहेका साँखु जेसिजका पदाधिकारी तथा अन्य स्थानीय युवा हरुलाइ बीमा बारे जनतेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम साँखु आसपासका बीमित तथा अभिकर्ता हरुका लागि नेशनल लाइफ प्रति सहज पहुँच स्थापना हुन सकोस् भन्ने उद्देश्यका साथै उक्तस्थानमा नेशनल लाइफको एजेन्सी कार्यालयलाई ब्यवस्थित गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कम्पनीको काठमाण्डौ शाखा प्रमुख जयराम धितालद्वारा कम्पनिको बीमाका बिबिध पोलिसी हरु मध्य अमृत बर्षा र अमृत श्री पोलिसीका बारेमा बिस्तृत प्रकाश पार्नुका साथै उपस्थित सहभागी हरुसंग ब्यापक अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठ द्वारा स्वागत मन्तब्य राखिएको थियो ।मन्तब्यका क्रममा साँखु जेसिजका पदाधिकारी तथा अन्य स्थानीय युवा हरुलाइ बीमा बारे जनतेतना अभिवृद्धि गर्नुनै कार्यक्रमको मूल उद्देश्य रहेको बताएका छन् ।

कार्यक्रममा जेसीज उपाध्यक्ष सबिना कुइकेलले प्रमुख अतिथी तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापा लगायत अतिथिहरु काठमाण्डू शाखा प्रमुख जयराम धिताल, चिफ बिजनेश मेनेजर रबिन्द्र राज श्रेष्ठ सिनियर बिजनेश मेनेजर दीपक श्रेष्ठ लगायत बिजनेश मेनेजर जयराम बिडारीलाइ खादा ओढ़ाएर सम्मान गरिएको थियो ।

गणेश दुलाल द्वारा संचालन गरिएको उक्त कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रमले बीमा क्षेत्रका भ्रमको निवारण गर्र्नुका साथै चेतना अभिबृद्धी गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुंच पुर्याउन मद्धत गर्नेछ । ३० जना सहभागी रहेको उक्त कार्यक्रममा सहभागी हरुले बीमाका बारेमा सचेतनाका यस्ता कार्यक्रमले लाभान्वित भएको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*