बलेफी हाइड्रोपावरको आईपीओमा पौने २० करोड रुपैयाँको आवेदन

२६ फाल्गुन २०७८, बिहीबार १९:२८

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आज अन्तिम दिन १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार बिहिबार साँझ ५ बजेसम्म ७ हजार ७२७ जना आवेदकबाट १९ करोड ९० लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेकोमा मागअनुसार आवेदन नपरेकोमा अवधि थप गरेर फागुन १९ गतेसम्म अवधि लम्ब्याइएको थियो । अवधि लम्ब्याइएपनि पनि तोकिएबमोजिमको आवेदन नपर्दा कम्पनीले समय थप गरेर फागुन २६ गतेसम्म अवधि थपेको थियो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं। ७ का स्थानीयलाई छुट्याइएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावितहरुलाई आईपिओ वितरण गरिसकेपछि दोस्रो चरणमा बाँकी रहेको १८ लाख २७ हजार ९७० कित्ता शेयरको कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*