हकप्रद निष्कासनको लागि अपि पावरले बोर्डबाट पायो अनुमति

२६ फाल्गुन २०७८, बिहीबार १९:०७

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले असोज २५ गते सेबोनमा १:०.३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि निवेदन पेश गरेको थियो ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*