महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई ल्याव सामाग्री प्रदान
२६ फाल्गुन २०७८, बिहीबार १८:५०
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकको पोखरा चिप्लेढुङा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा न १९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामान सहयोग गरेको हो ।
उक्त सामाग्री एक विशेष कार्यक्रमका बिच शाखाका प्रबन्धक किरण घिमिरेले विद्यालयल ब्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेका हुन । सो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाईलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।