प्राइम कमर्सियल बैंकलाई साढे २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने बोर्डको अनुमति
२६ फाल्गुन २०७८, बिहीबार १७:३२
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागिका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट गरी २५ लाख कित्ता ऋणपत्र निकासनका गर्नका लागि बोर्डबाट फागुन २३ गते अनुमति पाएको हो । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको बिक्री प्रबन्धकका रुपमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।