जलविद्युत आयोजनाको पुनर्बीमा गर्न आनाकानी गर्दै विदेशी रि इन्स्योरेन्स कम्पनी

२६ फाल्गुन २०७८, बिहीबार १६:३९

काठमाडौं । नेपालको जलविद्युत आयोजनामा विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेका छन् । बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका जस्ता जोखिम बढ्न थालेसँगै विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेको जलविद्युत आयोजनाका अधिकारीहरु बताँउछन् ।

प्राकृतिक प्रकोपका कारण आयोजना तथा सडक पूर्वाधारमा भएको क्षेतिलाई लिएर दाबी बढ्न थालेसँगै विदेशी कम्पनीले जलविद्युतको पुनर्बीमा गर्ने हिच्किचाएको देखिन्छ ।बीमा समितिले निर्जीवन बीमाको न्यूनतम दर तोके पश्चात साना जलविद्युुत आयोजनाहरुको पुनर्बीमा गर्ने केही हदमा सहज भएपनि ठुला जलविद्युत आयोजनामा चुनौति कायम नै रहेको छ ।

प्राकृतिक प्रकोपले गर्दा नेपालमा पछिल्ला समयमा जलविद्युत क्षेत्रमा आउने दाबी भुक्तानी निरन्तर बढी रहेको हुदाँ जलविद्युत आयोजनाको पुनर्बीमा गर्ने समस्या बढै गएको नेपाल बीमक संघले बताउदै आइरहेको छ । इप्पानले पछिल्लो सम्क्ष आफनो मागहरु सम्बोधान गर्नको लागि प्रधानमन्त्री सम्क्ष नै पुगेर गुनासो पनि व्यक्त गरेको थियो । बीमा समितिको गलत निर्णयलाई सुधार गर्न इप्पानले बेलाबेलामा यस बिषयमा सपष्टीकरण माग्दै आईरहेका छन् ।

विदेशी कम्पनीहरुले जलविद्युत क्षेत्रमा बढी जोखिम हुने अबस्थालाई मध्यनगर गर्दै आफ्नो ब्यवसाय सुरक्षित बनाउन पुनर्बीमा गर्न दिएको मापदण्ड पुरा गर्ने सकेका छैनन् । नेपाली बीमा कम्पनीले ब्यवसाय ल्याउन सस्तो दरमा जलविद्युतको बीमा गर्ने गरेकामा त्यसपछि बीमा समितिले त्यस्तो बीमाको न्यूनतम दर तोकेसँगै पुनर्बीमा गर्ने केही हदमा सहज भए पनि ठूला आयोजनाको हकमा भने अझै समस्या रहेको छ । विदेशी कम्पनीहरुले समितिले न्यूनतम दर तोकेपछि पुनर्बीमा गर्ने थालेका हुन् ।

विदेशी कम्पनीहरुले जलविद्युत आयोजनाको पुनर्बीमा लिन नमानेको अवस्थामा कर्जा ब्यवसायिकहरु भने बीमा क्षेत्रको प्राविधिक समस्या बुझेर कर्जा ब्यवसायीहरुले न्यूनतम दरलाई स्वीकार गर्ने पर्ने गन्र्दै विरोध गरि रहेका छन् । नेपाली कम्पनीहरुले आफुले बहन गर्ने सक्ने जोखिम राखेर बाँकी नेपाली तथा रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गर्दै आइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*