साताको अन्तिम दिन ५२ अंकले बढ्यो नेप्से, बीमा समूहमा लगानीकर्ताको आकर्षण

२६ फाल्गुन २०७८, बिहीबार १५:२१

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटिरहेको शेयर बजारमा आज ५२.२१ अंकको बृद्धि भई हरियाली छाएको हो । पछिल्लो समय विभिन्न उतारचढावका कारण शेयरबजारमा क्रमशः गिरावट आउने क्रममा आज शेयरबजार २.०८ प्रतिशतले बढेर २५६६.७९ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक बढेतापनि कारोबार भने खासै उत्साहजनक देखिएको छैन ।

नेप्सेमा रहेको १३ उपसूचकमध्ये अन्य समूह बोहकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक आज जीवन बीमा समूहमा ३७१ रुपैयाँ र निर्जीबन बीमा समूहमा २०२ रुपैयाँले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*