नेप्सेमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको नेप्से परिसूचक आज ५२.२१ अंकले शेयर बजार बढ्न पुगेको छ ।
नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँको कारोबार भएको छ । पछिल्लो केही दिनयता नेप्सेमा खासै उत्साहजनक कारोबार भएको छैन । केहीमहिनाउता १० अर्बको हाराहारीमा कारोबार हुने शेयरबजारमा पछिल्लो केही दिनयता २।३ अर्बमा कारोबार सीमित हुने अवस्था देखिएको छ ।
२ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज १६ करोड ६५ लाख २९ हजार ९६६ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनटिसीको १३ करोड १२ लाख, एनआइसी एशिया बैंकको १२ करोड ४६ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८६ लाख र हिमानलय डिस्टिलरीको ९ करोड १ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।