निरन्तर उकालो लागेको सुनको मूल्य आज ३५ सय रुपैयाँले घट्यो

२६ फाल्गुन २०७८, बिहीबार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*