महालक्ष्मी विकास बैंकद्धारा नेपाल राष्ट्रिय प्राथमिकलाई झोला वितरण
२६ फाल्गुन २०७८, बिहीबार १०:४९
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले बराहताल गाउँपालिका वडा न २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो ।
बैंकले संस्थागत समाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुराउने उद्देश्यका साथ एक शाखा , एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु उपस्थित रहेको थियो ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरण प्रदान हुने विश्वास बैंकले लिएको छ ।