बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ फाल्गुन २०७८, बिहीबार ०९:३०

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेकोमा आवेदन अवधि थप गरेर फागुन २६ गतेसम्म आवेदन दिन सकिने गराएको थियो ।

कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेकोमा मागअनुसार आवेदन नपरेकोमा अवधि थप गरेर फागुन १९ गतेसम्म अवधि लम्ब्याइएको थियो । अवधि लम्ब्याइएपनि पनि तोकिएबमोजिमको आवेदन नपर्दा कम्पनीले समय थप गरेर फागुन २६ गतेसम्म अवधि थपेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं। ७ का स्थानीयलाई छुट्याइएको छ ।

आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बै)कको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आयोजना प्रभावितहरुलाई आईपिओ वितरण गरिसकेपछि दोस्रो चरणमा बाँकी रहेको १८ लाख २७ हजार ९७० कित्ता शेयरको कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*