जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

२५ फाल्गुन २०७८, बुधबार १९:०१

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा बुटवल उप( म न पा ( ४ आदर्शनगर निवासी , निलकन्ठ भुसालले आफ्नी छोरी रक्षा भुसालको जन्मदिनको अबसरमा २० लाखको आई एम ई सरल सावधिक जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन् ।

जन्मदिनमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको भुसालले यश भन्दा अगाडि मन्दिर निर्माण , अनाथ बालबालिकाको लागि शैक्षिक सामाग्री तथा पौवा निर्माणमा नगद सहयोग लगायत विभिन्न संघ सस्थामा आर्थिक सहयोग गर्दै आईरहेका छन् ।

यसै बिच उहाले आई एम ई लाइफ बुटवलबाट आफ्नी छोरी रक्षा भुसालको बिमा उपहार दिएर समाजमा सकारात्मक संदेश दिएका छन् ।विभिन्न पर्व ,उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा २० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताए ।

आई एम ई सरल सावाधिक जीवन बीमा एक उत्कृष्ट बीमा योजना रहेको र यसले सानो सानो बचत बाट भविस्यमा आइपर्ने हरेक आर्थिक समस्यालाई समाधान गर्न सकिने तथा भविस्यमा छोरीको उच्च शिक्षा तथा सामाजिक सस्कारका कार्यमा आर्थिक टेवा मिल्ने तथा जोखिम बहन समेत भइरहने भएकोले पनि यो बीमा निजका लागि उत्कृष्ट रहेकोले यो जीवन बीमा खरिद गरेको बिमितका बाबु भुसालको भनाइ रहेको छ ।

उक्त जन्मोत्सव कार्यमा प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना, क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , शाखा प्रमुख नारायण गौतम, लक्ष्मीप्रसाद बस्याल, किस्मत सापकोटा ,नमराज भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*