माउन्टेन इजर्नीसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए

२५ फाल्गुन २०७८, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिन झिनो अंकले बढेर बन्द भएको शेयर बजार आज ३०.२९ अंकले घट्न पुगेको छ ।

अंग्रेजी वर्ष २०२२ लागेयता नेपाली शेयरबजामा खासै उत्साह देखिएको छैन । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १२ लाखको हाराहारीमा भएतापनि कारोबार रकम पनि खासै बढेको छैन ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँको मात्रै कारोबार भएको छ ।

नेप्सेमा सो अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा माउन्टेन इजर्नी रहेको छ । कम्पनीको आज ८.१० प्रतिशतले शेयरमूल्य बढेको हो ।

त्यस्तै, इमर्जिङ नेपाल लिमिटेडको ३.९९ प्रतिशत, आइसिएफसि फाइनान्सको ३.९५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.१० प्रतिशत र प्रभु इन्स्योरेन्सको १.९५ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*