नेप्से ओरालो लाग्दा सबै उपसूचक राताम्मे
काठमाडौं । साताको चौथौ दिन शेयर बजार ३० दशमलव २९ अंकले घट्दा २५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ। २२९ नेप्सेमा सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारबोर भएको छ।
आज सबै उपसचूक राताम्मे भएको छ। लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकोले बजार अझै केही दिन साइडवेजमै चल्ने सम्भावना रहेको शेयर बिश्लेषकहरुको अनुमान रहेको छ ।
यो दिन व्यापार समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.३५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.८३ प्रतिशत, वित्त समूहमा २.२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशत र लगानी समूहमा १.६५ प्रतिशतको गिरावट आएको छ।